समाजिक विकाशमा प्रदेश सरकार गँम्भीर -राज्यमन्त्री शर्मा

बीरगन्ज, भदौ ३ गते । समाजिक विकाश गरेरै प्रदेश दुईलाई समृद्ध बनाउन सकिने समाजिक विकाश राज्यमन्त्री अभिराम शर्माले बताउनु भएको छ ।

आज बीरगन्जमा बाल अधिकार तथा बाल मैत्री कानुन सम्बनधी प्रदेश स्तरिय कार्यशाला गोष्ठीमा बोल्दै राज्यमन्त्री शर्माले समाजिक विकाशमा प्रदेश सरकार गँम्भीर भएको बताउदै प्रदेश दुईमा समाजिक अवस्थालाई परिवर्तन गर्न स्थानिय सरकार संग समन्यवय गरि काम गर्ने बताउनु भयो ।

संघिय सरकारले प्रदेश सरकार संग समन्यव नगरेकोले विकाश तथा समृद्धीको बाटो सहजताले प्राप्त हुन नसकेने उहाले बताउनु भयो । संघिय सरकार अहिले पनि प्रदेश सरकार संग विभेद जारी राखेकोले प्रदेशपनि संघर्षमै रहेको बताउनु भयो ।

कार्यक्रममा वक्ताहरुले बाल श्रम, बाल विवाह तथा दहेज लेनदेन कार्य बन्द गर्न आआफनै घरबाट सुरु गर्ने सुझाव राखेका थिए । समाजिक रुपान्तरणकालागि नेताहरु भाषण भन्दापनि व्यवहारमा कार्यन्यवन गर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, रमेश पटेल , बीरगन्ज महानगर उपप्रमुख शान्तिकार्की , लगायत प्रदेशका उपमहानगर तथा नगरपालिकाका उपमेयरहरु सहभागि रहेका थिए ।

कार्यक्रम दुई दिन सम्म चल्ने छ । संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा उदघाटनसत्र कार्यक्रम भएको थियो ।

error: Content is protected !!