बिन्दवासनी गाउपालिकामा चरम भ्रष्टाचार, कमीशनमा कुरो नमिल्दा ४७ लाखको सम्रागी गोदाम मै थन्कियो

वीरगंज । पर्सामा रहेको १४ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहहरुमा कर्मचारी र जनप्रतीनिधीको मिलोमतोमा व्यापकरुपमा भ्रष्टाचार बढेको पाइएको छ ।

असाढ मशान्त सकेरपनि गत आवकै मितीमा चेक काटेर साउनमा समेत विभिन्न कार्यक्रम गरी तथा कागजमै समेत कार्यक्रम गरी चरम भ्रष्टाचार गरिएको उजागर भएको छ । पर्साको सखुवापर्सौनी गाउपालीकामा चरम भ्रष्टाचार भएको भन्दै आय व्यय सार्वजनिक गर्न मांग गर्दै स्थानीय आन्दोलीत छन ।

यसैगरी पर्साकै वीरगंज महानगरपालीका भन्दा ८ किल्लो मिटरको दुरीमा रहेकोे बिन्दवासनी गाउपालिकामा कर्मचारीतन्त्रको कमीशनको खेलमा अति गरिब तथा विपन्न परिवारलाई वितरण गर्न भनी खरिद गरिएको लाखौको समाग्रीहरु महिनौ देखी गाउपालीकाकै गोदाममा वितरण नभएर थन्किएको छ ।

गाउपालिकाका कार्यकारी अधिकृत राज कुशवाहा र लेखा अधिकृत धनन्जय दासले गोप्यरुपमा टेण्डर गरि खरिद गरेको ४० लाख मुल्य बराबरको समान बिगत ३ महिना देखी गोदाम मै थन्किएको छ । किसान र लक्षित वर्गलाई वितरण गरिने भनेर जेष्ठ महिना मै २ सय ४३ वटा गैस चुला ,९० वटा गैस सिलेण्डर, १ सय ३ वटा चापाकल तथा ३५ वटा ५ हर्सको पम्पसेट खरिद भएको थियो ।

गाउपालिकाका जनप्रतिनिधीहरुलाई कुनै जानकारी नै नदिएर कर्मचारीहरुले एकलौटी मनोमानी ढंगले अनियमितता गरेको स्थानियको आरोप छ । कमीशनको खेलमा समयमै उक्त समाग्री वितरण नभएर सामानहरु गोदाम मै थन्किएको कारण स्थानिय किसान भने समान नपाएर दुखी छन् ।

अनियमितता तथा गोप्यरुपमा खरिद भएको समान वितरण हुन नसकेर ३ महिना देखी थन्किएको कुरो बाहिर आएपछि कार्यकारी अधिकृत राज कुशवाहा कार्यालयमा आउदैनन् । गाउपालिकाको. खर्चबारे बुझनकालागि पटक पटकको प्रयासपछि लेखा अधिकृत भेटे तर भएको खर्चबारे जानकारी गराउदै लेखा अधिकृतले प्रकृया र वितरण बारे कार्यकारीलाई नै सोधनुस भनेर पन्छिने काम गरे ।

कर्मचारीहरुले आफनो मनमानी गरेको र मोटो रकम कमिशन बुझेकोले ४० लाखको समान वितरण नभएको गाउपालिकाका जनप्रतिनिधीहरु बताउछन् । कार्यकारी र लेखा अधिकृतले मिलोमतोगरि समान खरिद गरेको र आफुले अहिले छानबीन शुरु गरेपछि कर्मचारीहरुले हरहिसाब समेत नदिएको स्वयं गाउपालिकाका अध्यक्ष श्रीलाल साह कानुले गुनासो गरेका छन् ।

गाउपालिकामा निर्वाचित तथा निकटत्म प्रतिद्धवन्दी बीच ९ महिना समम अदालतमा पुर्न मतगणनाको मांग गर्दै मुद्धा चलेको अवस्थालाई अवसरको रुपमा उपभोग गरेर अहिले कर्मचारीहरु हिसाब देखाउन समेत मानेका छैन्न । गाउपालिका भित्र यो समान खरिदमा मात्रै होईन समाजिक विकाश बजेटपनि व्यापकरुपमा भ्रष्टाचार भएको देखिन्छ । गाउपालिकामा भएको भ्रष्टाचारको छानबीन गर्न समेत स्थानिय वासिन्दाले मांग गरेका छन् ।

error: Content is protected !!