प्रदेश सरकारलाई कमजोर बनाएर संघियतालाई नै धरापमा पार्ने सडयंत्र -मुख्यमन्त्री राउत

बीरगन्ज । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारलाई कमजोर बनाएर संघियतालाई नै धरापमा पार्ने सडयंत्र भइरहेको बताउनु भएको छ ।

प्रदेश सरकारहरुलाई चाहे अनुसारको कानुन बनाउन नदिनु , कर्मचारीहरुलाई आफनो नियंत्रणमा राख्ने जस्ता कार्य केन्द्र बाट भइरहेको मुख्य मन्त्रीले आरोप लगाउनु भयो ।

बोर्डकासटिङ्ग एशोसियशन नेपाल वानको आयोजनमा वीरगंजमा आयोजित संघियता कार्यान्वयनमा रेडियो को भूमिका बिषयक अन्तरक्रिय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गद्दीले प्रदेश सरकारलाई कमजोर नबुझन आग्रह समेत गर्नु भयो ।

मुख्यमन्त्रीले अहिले करको बहाना गरेर नेपाली कांग्रेसले स्थानिय तथा प्रदेश सरकारको काममा अवरोध पुर्याएको समेत बताउनु भयो । ३५ वर्ष सम्म सतामा बसेको नेपाली कांग्रेस अहिले ६ महिनामै अतालिएको मुख्यमन्त्रीले बताउनु भयो ।

कार्यक्रमका वक्ताहरुले संघिता कार्यन्यवनकालागि जिम्मेवार पत्रकारिता आवश्यक रहेको सुझाव दिनु भएको थियो । सहभागिहरुले तिनै तहको सरकारले १ वर्ष वितिसक्दापनि हाल समम जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य र वीरगंज उधोग वाणिज्य संघ का अध्यक्ष ओमप्रकाश शर्माले अधिनायकवाद को पूर्णावृती र पंचायतकाल को कुरा दोहरीन लागेको आरोप लगाउनु भयो । संघिय सरकारले ल्याएको उधोग ऐनमा मात्र समात्ने र थन्ुने धाक लागउने कार्य सुरु भएको बताउनु भयो ।

ब्रोडकास्टिङ्ग एसोसिएसन अफ नेपाल प्रदेश नं २ को संयोजक आरसी यादव को अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिका को मेयर विजय सरावगी, वान को केन्द्रिय अध्यक्ष चन्द्र न्यौपाने, उपाध्यक्ष उज्जवल चौलागाई, महासचिव दुर्गा अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारा लगायतकाले शुभकामना मन्तव्य राख्नु भएके थियो । कार्यक्रममा ध्रुव साहले स्वागत मन्तव्य दिनुभएको थियो ।

वान प्रदेश नं। २ को आयोजनामा होटल मकालुमा भएको कार्यक्रममा स्वागत मन्तव्य रेडियो वीरगंज का अध्यक्ष धु्रव साहले गर्नु भएको थियो भने अधार पत्र प्रस्तुत नेपाल पत्रकार महासंघ प्रदेश नं। २ के उपाध्यक्ष केशी लामिक्षानेले गरेका थिए। कार्यक्रम को संचालन निलिमा पौडेलले गरेकी थिइन् । कार्यक्रमको उदघाटन मुख्य मन्त्री लालबाबु राउत गद्दीले गमलामा पानी हालेर गर्नु भएको थियो।

error: Content is protected !!