सखुवा पर्सौनी गापामा कांग्रेसको प्रदर्शन, अविलम्ब आय व्यय विवरण सार्वजनिक गर्न मांग

बीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउपालिकामा आयव्यय विवरण मांग गर्दै स्थानिय वासिन्दाले गाउपालिका कार्यालय घेराउ गरेका छन् ।  स्थानिय वासिन्दाले एक घण्टा सम्म गाउपालिकाको कार्यालय घेराउगरि आर्थिक वर्ष २०७४=७५ को आय व्यय सार्वजनिक गर्न मांग गरेका हुन ।

गाउपालिकामा व्यापक भ्रष्टाचार भएको विभिन्न सञ्चारमाध्यममा प्रसारण भएपछि गाउपालिकाको हरेक वार्डबाट बुधवार स्थानियवासिन्दाहरु जम्मा भएर गाउपालिका कार्यालय पुगेका थिए । स्थानियहरुले गाउपालिकामा व्यापक भ्रष्टाचार भएको बताउदै केहि बेर कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।

स्थानियले भ्रष्टाचार भएको आंशंका लागेका योजनाहरुको विस्तृत जानकारी मांग गर्दै विगत ७० दिन अगाडी सुचनाको मांग गरेर निवेदन दर्ता गराएपनि कर्मचारीहरु सुचना दिन आल टाल गर्दै आएका छन् । आजित भएर गाउपालिका घेराउ गरेर विरोधमा उत्रिएको स्थानिय महेन्द्रदास थारुले बताउनु भयो ।

यता नेपाली कांग्रेसले पनि सखुवा प्रसौनी गाउपालिकामा भ्रष्टाचार तथा वेथिती बढदै गएको बताउदै स्थानियलाई हरहिसाब जानकारी गराउन मांग गरेको छ । बुधवार कांग्रेस नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी , शैलेन्द्र यादव, सखुवा प्रसौनी गापालिकाका काग्रेस संयोजक मोहन चौधरी, वडा सभापतिहरु लगायतका नेता कार्यकर्ताहरु गाउपालिकामा पुगेर कार्यकारी अधिकृत शेरे मुस्तुफालाई ज्ञापन बुझाएका छन् ।

काग्रेसले गत वर्षको आयव्यय अविलम्ब सार्वजनिक गर्न मांग गरेको नेता शैलेन्द्र यादवले बताउनु भयो । गाउपालिकाको सुचना लुकाउने प्रवृती देखेर स्थानिय आक्रोशित बनेको नेता यादवले बताउनु भयो । आर्थिक मसान्त सकिएपनि सखुवा प्रसौनी गांउपालिकामा पछिल्ला वर्षको कार्यक्रम गोप्यरुपमा गरेर व्यापक अनियमितता भएको खुलासा भएको थियो ।

सम्झौता नभएपनि आधादर्जन समाजिक संस्थाले गाउपालिकाको बजेटमात्र सिध्याउने काम गरेको पाइएको छ । असार मशान्त मै कार्यक्रम भएको भनेर चेक काटि सकिएको र गोप्यरुपमा औपचारिकता पुरा गरि फोटो खिच्ने काम मात्र भएको भेटिएपछि स्थानिय आन्दोलित भएका छन् । सभार जनता टेलिभिजन

error: Content is protected !!