३ सय ७५ ग्राम चांदी सहित प्रहरीद्वारा २ पक्राउ

वीरगंज,साउन ३० । वीरगंज महानगरपालीका वडा नम्बर १६ रजतजयन्ती स्थीत बाट भन्सार छली ल्याएको ३ सय ७५ ग्राम चांदी सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरीक रहेका छन । जिल्ला बारा कलैया उपमहानगरपालीका वडा नम्बर १ बस्ने वर्ष २३ को प्रीतम सरार्फ र भारतको उत्तर प्रदेशको आगरा बस्ने शाहील कुमार रहेका छन । उनीहरुको साथबाट प्रहरीले ८७ पीस चांदीको विच्छी बराममद गरेको छ ।

भारतीय समिावर्ती शहर रक्शौलबाट ना २२ प ८६९७ नम्बरको मोटरसाईकलमा वीरगंग तर्फ आइरहेको मोटरसाईकल चेकजाच गर्ने क्रममा शसंकीत हर्कत गरेको देखेर चेकजाच गर्दा शरिरमा लुकाई छिपाई राखेको ३७५ ग्राम चांदी बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी वीरगंज भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!