अपांगता भएकाहरुलाई सहयोग गर्न कतारमा रमाइलो साझ आयोजना हुने

वीरगंज,साउन ३० । यही अगस्त २४ तारीखका दिन कतारको दोहामा रमाईलो साझ २०७५ को आयोजना हुने भएको छ । शारिरीक अपांगता भएकाहरुको लागी सहयोग गर्ने उदेश्यका साथ अगस्त २४ तारीखमा रमाईलो साझ गर्न लागीएको हो ।

उक्त कार्यक्रममा नेपाली नृत्यागंना एउटा खुटा भएकी निलम ढुगांनाको दोहामा पहिलो पटक उपस्थीती हुनेछ । उनले एउटा खुटा बाटनै डान्स गरेर प्रंशसा कमाएकी छिन ।

उनलाई साथ दिन युवा माझ लोक प्रिय गायक कमल खत्री, लोक दोहरीका चर्चित प्रकाश कटुवाल,गायीका साना महर्जन,स्प्रीती गौतम,डान्सर रिया श्रेष्ठ लागएतको दमदार प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आयोजकले अपांग बालबालीकाहरुको लागी हुने उक्त कार्यक्रमलाई सफल बनाउन कतारबासीलाई हार्दीक अपील समेत गरेको छ । कार्यक्रमको संचालन टेलिभिजन स्क्रीनमा लोक प्रिय भिजे विवेक खतिवडाले गर्नेछन ।

खतिवडाको यो तेस्रो कतार भ्रमण हुनेछ । कार्यक्रम कतारको स्थानीय समय अनुसार दिउसो २ बजे डल्ला ड्राइभीगं एकेडेमी हलमा हुने आयोजक संस्थाले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!