नेकपा कार्यालयमा तालाबन्दी,संयोजक हजराले एकलौटी काम गरेको आरोप

वीरगंज, साउन २९ । तत्कालीन एमालेमा आवद्ध कार्यकर्ताहरुले नेकपा पर्साको रानीघाट स्थीत कार्यालयमा तालाबन्दी गरेका छन ।

वीरगंज रानीघाट स्थीत मनमोहन नगरमा रहेको पार्टी कार्यालयमा तत्कालीन रुपमा एमालेमा रहेका कार्यकर्ताहरुले हाल पर्सा संयोजक रहेका प्रभु हजराको काम प्रति असन्तुष्टि जनाउदै तालाबन्दी गरेका हुन ।

एमालेका पुर्वसांसद राजकुमार गुप्ता, विचारी यादव, जयप्रकाश थारु, प्रद्युम्न चौहानसमेत विभिन्न जनवर्गीय सड्डठनहरुको सहभागितामा तालाबन्दी गरिएको हो ।

तालाबन्दी गर्ने क्रममा संयोजकको नाममा जारी गरिएको ध्यानाकर्षणपत्रमा पार्टी सड्डठन मजबुत गर्ने गरी सरसल्लाह, भेला, बैठक नगरेको, जथाभावी पार्टी सदस्यता नवीकरण गरेको, अन्य पार्टीमा गएकाहरुलाई पनि एमाले पार्टीमा प्रवेश गरेको भनेर सदस्यता दिइएको जस्ता आरोपहरु लगाइएको छ ।

यसैगरी ध्यानाकर्षणपत्रमा जिल्ला कमिटी र प्रदेश कमिटीका लागि गरिएको सिफारिसमा पनि सरसल्लाह नगरिएको र नेतृत्व तहले एकतर्फी निर्णय गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

तालाबन्दी गर्ने पक्षले पूर्वएमाले पक्षीय नेता, कार्यकर्ताहरुको भेला, बैठक गरेर सरसल्लाहबाट काम गर्न माग गरेका छन् । यता नेकपा पर्साका संयोजक प्रभु हजराले तालाबन्दीको औचित्य नरहेको जिकिर गर्दै आपूmमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ ।

सबै व्यक्तिहरु सगंको सरसल्लाहमा नवीकरण गरेको र नया सदस्यता वितरण गरिएको बताए ।

error: Content is protected !!