त्रिजुद्ध स्कुलमा रोट्रेक्ट क्लबद्धारा वाटर सेनिटेशन तथा मिनसुरेशन अवारनेस कार्यक्रम सम्पन्न

वीरगंज,साउन २८ । वीरगंज महानगरपालीकाको विर्ता स्थीत रहेको श्री त्रिजुद्ध रघुबीर राम माध्यमिक बिद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई वाटर सेनिटेशन तथा मेनसुरेशन अवारनेस बारे जानकारी दिने उदेश्यले सचेतना कार्यक्रम गरिएको छ ।

रोट्रेक्ट क्लब अफ वीरगंज र रोट्रेक्ट क्ल्ब अफ रिलाईन्स क्लेजको संयुक्त आयोजना तथा पिएन्जी मार्ट र कवीस्योर प्रोटिनको सहयोगमा स्कुलमा अध्यनरत कक्षा ८ देखी १२ कक्षा सम्मका छात्रछात्राहरुलाई साब्न पानीले हाथ धुने तरिका तथा सुरक्षीत महिनावारीबारे जागरुकता जगाइएको थियोे ।

एमबिबीएस अध्यनरत विधार्थीहरु संजय यादव,सुजन यादव,आस्था उपाध्याय र शैलु पाण्डेले कक्षा ८ देखी १२ कक्षामा अध्यनरत रहेका छात्राहरुलाई सुरक्षीत महिनावारी बारे जानकारी दिनुका साथै महिनावारी प्याड समेत वितरण गरिएको थियो ।

छात्रछात्राहरुलाई क्लबका सदस्यहरुले हाथ कसरि धुने, कुन—कुन बेला धुने, हाथ धुने फाइदा, हाथ नधुने वेफाइदा जस्ता कुराहरुको बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुलाई पानिको महत्व र पानिको प्रयोगको बारेमा समेत जानकारी गराएका थिए ।

गर्मीयाममा बालबालिकामा हुने एलर्जी तथा झाडापखाला जस्तो समस्या बाट बचाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको प्रोगाम कोअर्डिनेटर आयुष गुप्ताले बताए ।

कार्यक्रममा रोट्रेकटर जोनल सेकेटरी सौरभ साह, प्रेसिडेन्ट लव कुमार चौरसीया,क्लबका सेकरेटरी रोट्रेकटर मेनुका गीरी, प्रोगाम कोअर्डिनेटर रोट्रेक्टर आयुष गुप्ता लगाएत रोट्रेकटरहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!