समृद्धी प्राप्तीको लागि सरकार जिम्मेवार देखीएन – उद्योगी व्यवयासी

बीरगन्ज, साउन २३ गते । बर्तमान सरकार संग ठोस योजना र निती नभएको कारण अहिले व्यवसायीहरु उत्पादन भन्दा पनि ट्रेडिङ्ग तथा सेवामुलक उद्योगहरुमा लगानी गर्न बाध्य छन् ।

उत्पादन मुलकमा लगानी नथपिए कै कारण वार्षिकरुपमा व्यवपार घाटा डर लाग्दै अवस्थामा पुगिरहेको व्यवसायीहरले बताएका छन् । अहिलेको समय समृद्धी र आर्थिक उन्नतीको रहेको नारा दिएपनि यसकालागि सरकार योजनाबद्ध ढंगले अगाडी नबढेको उद्योगीहरुले बताएका छन् ।

बीरगन्जमा देशभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको राष्ट्रिय सभा सकिएपछि २३ बुदे बीरगन्ज घोषणा पत्र जारी गर्दै उद्योगी व्यवसायीहरुले समृद्धी प्राप्तीकोलागि सरकार जिममेवार नदेखिएको नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले आरोप समेत लगाए ।

सरकारले लगानीको संरक्षण र सुशासनको प्रतिबद्धता नगर्ने अनि व्यवसायीहरुले मात्रै जोखिम मोलेर काम गर्नेु पर्ने बाध्यताको अन्तहुनु पर्ने व्यवसायीहरुले मांग गरेका छन् ।

मुलुकमा संघीयता कार्यान्यवन भइराख्दा स्थानीय एवं प्रदेशबाट लागू गरिएका करका दरहरु अत्याधिक भएको, अध्ययनविना लागू गरिएको, करमा दोहोरोपन भएको, एकीकृत सम्पत्तिकर, घर बहाल कर, बैंकको ब्याजदर अत्याधिक भएकोलेपनि अहिले व्यवसायीहरु निरुत्साहित भएको वीरगंज उद्योग वाणीज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।

भेलाले सरकारलाई गम्भीर भएर निजी क्षेत्र संगको सहकार्यमा आर्थिक समृद्धीको बाटो प्रस्ट रुपमा तयार पार्न उद्योगी व्यवसायीहरुले मांग समेत गरेका छन् । भेलामा १ सय ५ वटा जिल्ला तथा, तथा सय वटा वस्तुगत संघको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!