उपचारमा लापारवाही हुदा एक महिलाको मृत्यु ,  विरोध पछि छानवीन समिती गठन

बीरगन्ज, साउन १९ । बीरगन्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारमा लापारवाही हुदा एक महिलाको मृत्यु भएको छ । शनिवार विहान ६ बजे इमर्जेन्सी वार्डमा बारा जिल्लाको परवानीपुर गाउपालिका वार्ड नम्बर ५ बहुअरी निवासी २५ वर्षिय रमिता देवीको मृत्यु भएको हो ।

दुई महिनाको गर्भवती रहेको रमितालाई रिंगटा लागने तथा बान्दा हुन थालेपछि शुक्रवार साझ ७ बजे समान्य अवस्थामा अस्पतालमा ल्याइएको थियो ।

विहान ५ बजे पेट दुखेको बताएपछि ईमरजेन्सी वार्डमा कार्यरत चिकित्सक कृष्णा अधिकारीले रमितालाई दुइ वटा ईन्जेक्शन लगाएको र इनजेक्शन लगाउन वित्किै महिलाको मुखबाट सेतो पर्दाथ निष्कीएर उसको मृत्यु भएको परिवार जनको आरोप छ ।

महिलाको मृत्यु पश्चात परिवार जनले गरेको विरोध प्रदर्शनका कारण बिहान देखी अस्पताल परिसरको अवस्था तनाव ग्रस्त बन्न पुग्यो । उपचारमा लापरवाही भएको परिवार जनले आरोप लगाएपछि अस्पताल प्रशासनले प्रसुती रोग बिशेषज्ञ डा.सुरेन्द्र चौधरीको संयोजकत्वमा छानबीन समिती बनाएको छ ।

घटनामा दोषी देखीनेलाई कार्यवाही गर्ने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएपछि परिवार जनको विरोध शाम्य भएको थियो । आवश्यक्तै नभएको इनजेक्शन लगाएको कारण महिलाको ज्यान गएको आशंका गरिएको छ ।

महिलाको मृत्यु पश्चात परिवारजनले अस्पताल अगाडी गरेको प्रदर्शन तथा अस्पतालको अवस्था साम्य बनाउन केहि बेर प्रहरी समेत परिचालन गरिएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पतालमा कहिले सामान चोरी, कहिले अस्पतालबाट नवजात शिशुको चोरी , र प्रायजसो उपचारमा लापरवाहीले मृत्यु हुने परिवारजनको आरोप यसको विशेषता नै बनी सकेको छ । अस्पताल प्रशासनको वेवास्ता तथा गैरजिम्मेवारीका कारण पटक पटक दोहरिने यस्ता घटनाले व्यवस्थापकहरुले कहिले पाठ सिक्ने हुन ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!