जनताको ढाड सेक्ने गरि लगाईएको कर तत्काल फिर्ता लिन राजपाको माग

वीरगंज,१४ साउन । राजपा पर्साले वीरगंज महानगरपालिकाले वृद्धि गरेको कर जनताको हित विपरित र जनतालाई शोषण गर्ने अभिप्रायले घोषणा गरेको जनाएको छ ।

महानगरपालिकाले विभिन्न शिर्षकमा बृद्धि गरेको करको सम्बन्धमा राजपा पर्साले सोमबार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्दै जनताको ढाड सेक्ने गरि लगाईएको कर तत्काल फिर्ता लिन माग गरेको छ ।

पार्टिका महामन्त्री राजेशमान सिंहले पत्रकार सम्मेलनमा जनतालाई सेवा सुविधा थप दिनु पर्नेमा सयौं गुणा कर बृद्धि गरि महानगरपालिकाले जनविरोधी कार्य गरेको आरोप लगाउनु भयो ।

उहाँले कर फिर्ता नलिए पार्टी सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिनु भयो । पार्टीका जिल्ला संयोजक प्रेम बाबु पटेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री शिव पटेल, महिला नेतृ रम्भा मिश्र, विरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!