धोबनी गांउपालिकाका लेखापाल र नायव सुब्बा घुस सहित अख्तियार द्वारा रंगेहात पक्राउ

बीरगन्ज , साउन ११ गते । पर्साको धोबनी गाउपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव र नायव सुब्बा एनामुल हक अंसारी खुस लिदै गर्दा रंगेहात पकाउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौडा स्थित कार्यालयबाट खटेको टोलीले दुवैलाई १ लाख १० हजार रुपया सहित पक्राउ गरेको हो । बीरगन्ज महानगर १४ पिपरा स्थित घरबाट घुस लिदै गर्दा पक्उ गएिको अख्तियारले जनाएको छ ।

धोबिनी गाउपालिकामा भएको विकाश निर्माण तथा समाजिक विकाश कार्य वापत चेक दिने क््ममा यादव र हकले कमिशनको रकम बुझदै गर्दा उनी पक्राउ परेका हुन ।

कमिशनको रकम आफनै घरमा बुझीरहेको गोप्य सुचना आएको अधारमा अख्तियार , जिल्ला प्रहरी तथा संचारकर्मी सहितको टोलीले छापामारी गर्दा दुवैजना पक्उ परेका छन् ।

यादव पर्साको नापी कार्यालय, पोखरिया अस्पताल लगायतका कार्यालयहरुमा लेखापालको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । साभार जनता समाचार

error: Content is protected !!