आफ्नो नाम जोडेर समाचारहरु प्रकाशित भएकोमा पूर्व सांसदको आपती

बीरगन्ज, साउन ९ गते । पर्साका पुर्व सांसद जयप्रकाश थारुले बीरगन्जका केहि पत्रपत्रिका ,अनलाईन तथा समाजिक संजालहरुमा गत साउन ८ गते आफनो नाम जोडेर प्रकाशित समाचारहरु प्रति आपती जनाएका छन् ।

बुधवार एक प्रेस विज्ञप्ती प्रकाशित गरि पुर्व सांसद थारुले पूर्व सांसद जयप्रकाश थारुको घर बाट लुटिएको स्र्कापियो बरामद शिर्षकको समाचार प्रति आश्चर्य व्यक्त गरेका छन् ।

सो विज्ञप्तीमा षडयंत्रपूर्वक समाचार प्रकाशित गरि आफ्नो चरित्र हत्या र बदनाम गर्न खोजिएको थारुले जनाएका छन् । आफनो गांउ जिराभवानी गाउपालिकाको वडा नम्बर ४ भवानीपुर टोलबाट गत शनिवार ५ गते बरामद भएको गाडी संग कुनै सरोकार नरहेको र आफुलाई बदनाम गरि राजनैतिक स्वार्थ पुरा गर्न केहि कुतत्वहरु लागेकोमा उनले घोर आपती प्रकट गरेका छन् ।

गएको निर्वाचनमा आफुले सेतो रंगको बीआर २२ बी १०७९ नम्बरको स्कार्पियो गाडी प्रयोग गरेको र निर्वाचन पश्चातपनि सोगाडी केहि दिन प्रयोगमा राखेको तथा हाल सो गाडी सिमावर्ती बिहारको रापमुरमा मेरै आफ्न्त कहां रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राजनैतिक प्रतिशोध साधने उदेश्यले समाचार सम्प्रेषण गर्ने क्रममा आफ्नो प्रतिकृया समेत नलिई आम जनतालाई झुक्याइएको बताएका छन् । लोकतन्त्रमा सुचना सम्प्रेशण गर्न संचारकर्मीहरुलाई पाएको स्वतन्त्रतालाई दुरुपयोग र पित पत्रकारिता नगर्न थारुले विज्ञप्ती मार्फत आग्रह समेत गरेका छन् ।

error: Content is protected !!