बीरगन्ज महानगरमा कर र भ्रष्टाचार बढेको कांग्रेस पर्साको आरोप

बीरगन्ज, ९ साउन । बीरगन्ज महानगरले जनअपेक्षा विपरित कर बृद्धी गरेको र महानगर कार्यालय देखी विभिन्न वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधीहरु भ्रष्टाचारमा लिप्त भएको नेपाली कांग्रेस पर्साले आरोप लगाएको छ ।

नेपाली कांग्रेस पर्साले बुधवार आफनो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि महानगरमा बेथिती बढदै गएको आरोप लगाएको छ । ठुला व्यवसायीलाई रकमको चलखेलमा राहत तथा साना व्यवसायी तथा आम नगरवासीलाई बढी भारमा पारेको कांग्रेस पर्साका सभापति अजय दिवेदीले बताउनु भयो ।

बीरगंज स्थित नेशनल मेडिकल कलेज महानगरपालिकालाई तिर्ने करमा करोडौ रकमको चलखेल भएको आरोप नेपाली कांग्रेस पर्साले लगाएको छ । मेडिकल कलेजको कर प्रकरणमा बीरगंज महानगरपालिकाको नेतृत्वले ठूलो रकमको लेनदेन गरेको आरोप सभापति दिवेदीले लगाउनु भयो ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला विकास समिति पर्साका पूर्व सभापति जनार्दन सिंह क्षेत्री,प्रदेश सांसद शंकर चौधरी, राजेश्वर साह तेली, कांग्रेसका नेता रामनारायण कुर्मी, जिल्ला सचिव श्याम पटेल, क्षेत्रिय सभापति बिजय सर्राफ, अरबिन्द गुप्ता, नेवि संघका जिल्ला सभापति दिलिपराज कार्की लगायतको सहभागिता रहेको थियो ।

error: Content is protected !!