बीरगंज सावन ७ । ४०औ पुष्पलाल स्मृति दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) द्वारा ठाकुर राम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा ८ जना महिला सहित ६६ जानाले रक्तदान गरेका थिए ।
अखिल क्रान्तिकारी ठाकुरराम इकाईका विधार्थी नेता संदीप विक्रम साहको अध्यक्षतामा भएको रक्तदानमा ८ जना महिला सहित ६६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा रुवी गुप्ता, सीता जयसवाल, प्रमिला चौहान, सविना खातुन, बालकृष्ण श्रेष्ठ, संतोष श्रेष्ठ, जुवैर आलम, सोयव अन्सारी, अनिल हजरा, मनोज कुमार गुप्ता, मनोजु कुमार साह कानु, रायन कायस्थ, राकेश वर्मा लगायत रहेका छन् ।
रक्तदान कार्यक्रममा नेकपाका नेताहरु प्रभु हजरा, विजय महतो, रहबर अन्सारी, विचारी यादव लगायतको उपस्थिति रहेको अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रवीण मानन्धरको नेतृत्वमा प्राविधिक सहजीकरण गरेका थिए ।
यसमा तपाईंको प्रतिक्रिया: