सवारी साधनको आयात क्रमशः बढदै ,वीरगंज नाकाबाट ७४ अर्बको ईन्धन आयात

वीरगन्ज,साउन ६ गते । मुलुकमा सवारी साधनको आयात क्रमशः बढदै जानुले यस्मा प्रयोग हुने इन्धनको आयात पनि उल्लेखनिय रुपमा बृद्धी भइरहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सबै खाले इनधनको आयात विगतको तुलनामा बढेको बीरगन्ज भंसारको तथ्याङ्गले देखाएको छ ।

वीरगंज नाकाबाट हाइस्पिड डिजेल, पेट्रोल, एलपि ग्यास जस्ता मुख्य इन्धनको आयात बढेको हो । वीरगंज भंसार कार्यालयका अनुसार, आव ०७४÷७५ मा यो नाकाबाट डिजेल , पेट्रोल र गैसमा मात्रै ७४ अर्ब रुपया बिदेशीएको छ ।

४४ अर्ब १६ करोड मुल्य बराबरको ७७ करोड ४८ लाख किलो लिटर डिजेल आयात भएको छ ।अघिल्लो वर्षमा ३३ अर्ब ९१ करोड मुल्य बराबरको ७३ करोड ५१ लाख किलो लिटर डिजेल आयात भएको थियो । डिजलको आयात विगत भन्दा ५ करोड किलो लिटर बृद्धी भएको छ ।
त्यसैगरी, आव ०७४÷७५ मा १४ अर्ब ९३ करोड मुल्य बराबरको २६ करोड १२ लाख किलो लिटर पेट्रोल आयात भएको छ । आर्थिक वर्ष ७३÷७४ मा ११ अर्ब ४९ लाख मुल्य बराबरको २३ करोड २७ लाख किलो लिटर पेट्रोल आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा पेट्रोलको आयात झण्डै ३ करोड १५ लाख किलो लिटरले बढेको छ । बीरगन्ज नाका बाट खाना पकाउने गैसको आयात पनि गएको वर्षहरु भन्दा दोब्बरले बढेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा १४ अर्ब ४२ करोड मुल्य बराबरको २ खर्ब ९ अर्ब ४३ करोड किलो एलपिजी गैस भित्रिएको छ । वर्ष ७३÷७४ मा १२ अर्ब १५ करोड मुल्य बराबरको १ खर्ब २१ अर्ब ५८ करोड किलो गैस भित्रिएको थियो ।

गैसको आयात भने झण्डै दोब्बरले बृद्धी भएको छ । ईधन र सवारीको आयातबाट मात्र बीरगन्ज भंसारले संकलन गर्ने राजश्वको झण्डै आधा राजश्व संकलन गर्ने गर्दछ ।

error: Content is protected !!