जिल्ला वनको २७ हेक्टेयर जग्गा अतिक्रमण मुक्त

वीरगंज,साउन ०५ । पर्सामा दशकौ देखि स्थानियले अतिक्रमण गरी उपभोग गर्दै आएकोे जिल्ला वनको २७ हेक्टेयर जग्गा अतिक्रमण मुक्त भएको छ ।

पर्साको सबैया साझेदारी वन व्यवस्थापन समुहको सकृयतामा विगत ४ दशक देखी अतिक्रमणमा परेको जग्गा पुन. वनको मातहतमा आएको हो ।

जिल्लाको सबैया टाडीमा लामो समय देखी स्थानियले उपभोग्य गर्दै आएको वनको जग्गा अतिक्रमण मुक्त गराई बृक्षारोपण कार्य सुरु गरिएको सवैया साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साहले बताउनु भयो ।


बनको जग्गा खाली गराउन सबैया साझेदारीले बिगत ३ वर्ष देखी प्रयास गर्दै आएको थियो । अहिले वनको जग्गा अतिक्रमण मुक्त गराउने , नया बृक्ष लगाउने , बनको बैज्ञानिक व्यवस्थापन गर्ने जस्ता महत्वपुर्ण योजना अनुसार सबैया साझेदारीले कार्य अगाडी बढाएको छ अध्यक्ष साहले भने ।

अक्रिमण मुक्त भएको जग्गालाई तारवार गरिएको छ । जग्गा नियंत्रण तथा बृक्षारोपणका लागि जिल्ला वन कार्यालय , राष्ट्रपती चुरे संरक्षण तथा साझेदारी वन समुहले संयुक्त रुपमा बजेट सहयोग गरेको सहायक वन अधिकृत रामपुकार यादवले बताउनु भयो ।

पर्सामा जिल्ला वन अन्तर्गत रहेको वनको अधिकांश भाग पर्सा र चितवन राष्ट्रिय निकुंज तथा मध्यवर्ती वनमा गइसकेकोले अब जिल्ला वनको क्षेत्र ८ हजार हेक्टेयर मात्र रहेको छ । वनको ३ सय ६० हेक्टेयर जग्गा अतिक्रमणमा परेको जिल्ला वनको पछिल्लो तथ्याङ्गमा देखिन्छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!