एतीहासीक पर्सा गढी,सरकारी उदासीन्ताका कारण ओझेलमा पर्दै

वीरगंज,३२ असार । पर्साको मात्र नभई नेपाल अधिराज्यकै एतिहासिक गौरवको रुपमा रहेको पर्सा गढी सरकारी उपेक्षामा परेको छ ।

मुलुक कै एतिहासिक बिजयी गढीहरु मध्येको एक पर्सा गढी स्थलको संरक्षण र प्रवर्धनमा सरकारी संयन्त्र लामो समय देखी गैर जिम्मेवार हुदै आएको छ । विगतका सरकार होस वा हाल तिन वटै तहकाको लोकतान्त्रिक सरकार पर्सागढीको संरक्षण र प्रर्यटकीय प्रवर्धनको सवालमा गैरजिम्मेवार नै रहेको स्थानिय सोहन चौधरीले आरोप लगाए ।

पर्सा जिल्लाको सदरमुकाम बीरगन्जबाट २२ किलो मिटर उतर पश्चिम अवस्थित पर्सा गढीलाई मुख्य युद्ध स्थलको रुपमा प्रयोग गरि विक्रम समवत १८७१ मा तत्कालिन भारतको ब्रिटीस सरकारलाई प्रास्त गरिएको थियो । त्यती बेला ब्रिटिस कम्पनी सरकारले नेपालको ५ वटा नाकाबाट आक्रमण गरेकोमा २ नाकामा ब्रिटिस तथा ३ स्थानमा नेपाली सेना विजयी भएको र बिजयी गढी मध्येको एक यो पर्सा गढी हो ।

खुल्ला परिसरमा रहेको यो मुलुक कै पहिलो धार्मीक तथा एतिहासिक स्थलको रुपमा रहेको छ । विगतमा विभिन्न मन्त्री तथा सांसदहरु पटक पटक सो ठाउमा पुगी बिजयी पर्सा गढीको एतिहासिक र पौराणिक मानयतालाई चिनाउदै प्रर्या प्र्यटन संग जोडने प्रतिबद्धता जनाए , तर कसइले प्रतिबद्धता पुरा गरेनन् ।

अहिले सोही गढीको नाममा नामाकरण भएको पर्सागढी नगरपालिकाले समेत यस गढीको संरक्षणको लागि केहि गरिदिएन् मन्दिर संरक्षणमा लागेका स्थानीय बृजमोहन चौधरीले गुनासो पोखे । स्थानिय केहि थारु परिवारले मन्दीर तथा गेट निर्माण गरेका छन् । विक्रम सम्वद १८७१ भन्दा अगाडी देखीको एतिहासिक प्रमाणहरु रहेका छन् ।

ब्रिटिसहरु संगको युद्धको बेला नेपाल तर्फबाट मुख्य भुमिका निवाह गर्ने रंजित चौधरीको वास स्थान पनि पर्सा गढी नै रहेको र गढी परिसर मै चौधरीको कुल देवता बन्हर बाबाको स्थान रहेको छ । थारु समुदायको कुल देवता तथा दशैमा पुजाहुने पर्सा जिल्लाको प्रमुख तिन ठाउ मध्येको एक ठाउ भएकोले गढीको धार्मिक एतिहासिक महत्वलाई संरक्षण गर्दै यस्को प्रवर्धन गर्न स्थानियले मांग समेत गरेका छन् । साभार जनता समाचार

error: Content is protected !!