प्रहरी विरुद्ध वीरगंजमा प्रर्दशन ,सहायक प्रजीअको नेतृत्वमा छानबीन समिती गठन

वीरगंज,असार ३२ । बालक हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी विरुद्ध पर्साको बहुदरामाई नगरपालिकामा भएको बालक हत्याको विरोधमा सोमबार बीरगन्जमा प्रदर्शन भएको छ ।

आईतबार बहुदरमाई नगरपालिका २ बैरीया पिपरा पोखरिबाट फेला परेको स्थानीय शिवजी साहका ६ वर्षीय छोरा योग्य साह को हत्या भएको र हत्यारा पक्राउ गर्न दवाव रुवरुप बैरियाका वासिन्दा बीरगन्जको घण्टा घर आएर प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।

विरोधपछि स्थानिय प्रशासनले छानबीन समिती बनाएको छ । पर्साको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रराज शर्माको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक सत्यनरायण थापा, क्षेदीलाल कामत, नासु महेश अर्याल , राष्ट्रिय अनुसंधानका अधिकृत दिपक पटेल समिलीत छानबीन समिती बनेको हो ।

६ महिना नवित्दै बैरियामा एउटै प्रवृतीको घटनामा दुई बालकको हत्या भइसकेको छ । यस अघिपनि गत मंसिर १६ गत स्थानिय सञ्जय साहका १० वर्षीय छोरा सुमित कुमारको पनि हत्या भएको थियो ।

सुमितको शवपनि पाखरीको डिलबाट बरामद भएको थियो । बैरियामा श्रृख्लाबद्ध बालक हत्याको कारण पता लगाउन प्रहरी असफल भएको भन्दै स्थानिय बाध्य भएर सडकमा उत्रिएको प्रदेश सभासदस्य राजेश्वर साहले बताउनु भयो ।

उनले घटनाको दोषीलाई अविलम्ब कानुनी दायरा ल्याउन मांग गर्नु भयो । पर्साको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बैरियाका आन्दोलन पक्ष तथा स्थानिय प्रशासन विच छलफल भएको थियो ।

छलफलमा प्रदेश सभा सदस्य रमेश पटेल , काग्रेस पर्सा सचिव श्याम पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!