एसईई २०७४ मा सर्वोत्कृष्ट जीपीए ल्याउने विधार्थीलाई गौतम स्कुलद्वारा सम्मान

pic -durga kafle

वीरगंज,असार ३१ । वीरगंजको शिक्षा क्षेत्रमा फरक छबी बनाउन सफल गौतम माध्यमीक विधालय वीरगञ्जले माध्यमिक शिक्षा परीक्षा(एसईई)२०७४मा सर्वोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

आईतबार विद्यालयलले आयोजना गरेको सम्मान समारोहमा गौतम माध्यमीक विधालयमा अध्यनरत छात्रा मुस्कान साहले माध्यमिक शिक्षा परीक्षा(एसईई)२०७४मा सर्वोत्कृष्ट ४.० जीपीए ल्याउन सफल भएकोमा सम्मान गर्दै हौसला बढाउन छात्रा साहलाई नगद पुरस्कार रु ३६,१०० सहित कदरपत्र प्रदान गरिएको विधालयका प्रशासन प्रमुख रमेश शर्माले बताउनु भयो ।

नेशलन इन्फोटेक कलेजका प्रिन्सिपल श्री मनिष सिंहको प्रमुख आातिथ्यता तथा विद्यालयका निर्देशक श्री सोनाम लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रुपमा सम्मानित छात्राका बुवा प्राचार्य श्री विनोद साह र आमा तथा नवदिप एकेडेमीकी प्रधानाध्यापक श्रीमती सुशीला साह,पत्रकार महेशचन्द्र गौतम,राम सर्राफ लगायतकाको उपस्थिति रहेको थियो ।

गौतम माध्यमीक विधालयमा अध्यनरत १४१ छात्र छात्रा मध्ये माध्यमिक शिक्षा परीक्षा(एसईई)२०७४ मा जम्मा ४ जीपीए १ जना,३.९५ जीपीए ६ जना,३.९० जीपीए ८ जना,३.८५ जीपीए २ जना,३.८ जीपीए ५ जना,३.७५ जीपीए ४ जना,३.७० जीपीए ६ जना,३.६५ जीपीए ८ जना अर्थात् समग्रमा एं ग्रेड४० जना,ए५८ जना,बीं २९ र बी १४ रहेको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयनका प्रशासन प्रमुख रमेश शर्माले गर्नु भएको थियो ।

error: Content is protected !!