महिला हिसांमा कमी ल्याउन आफु बस्ने टोल छिमेकमा जनचेतना जगाउन जरुरी -व्क्ताहरु

वीरगंज, असार २५ । महिला हिसां विरुद्ध एकदिने अभिमुखिकरण एवं कार्यशाला गोष्ठी कार्यक्रम वीरगंजमा सोमबार समपन्न भएको छ ।

वीरगंज पब्लीक कलेजको वीआईएम भवनमा समपन्न कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्यले महिलाहरुको पुरा जनशक्ति देश निर्माणमा प्रयोग नभएको कारण देश पछाडी परेको बताएका थिए ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै उनले देशभित्रका महिलाहरु सिर्जनशिल काममा हातेमालो गरी अगाडी बढे महिला हिसांका घटनाहरु समेत स्वत घट्दै जाने तर्क गरेका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछानेले नेपाल सरकारले हिसांका प्रकृति हेरी विभिन्न दण्ड जरिवाना समेत तोके पनी न्यायीक पक्षमा महिला बोल्न नसकेर हिसां गर्ने व्यक्तिहरु उम्कीने गरेको बताएका थिए ।

हिसांका घटनाहरु कम गर्न आफु बस्ने टोल छिमेकमा जनचेतना जगाउन अहिलेको आवश्यक्ता रहेको उनको निश्कर्ष थियो ।

कार्यक्रममा आर्थिक पत्रकार संघका अध्यक्ष एवंम् संञ्चारकर्मी रितेश त्रिपाठीले कुनैपनी घटनामा कहि न कही आर्थिक पक्ष समेत समेटिने हुदाँ महिला हिसांमा अर्थ समस्याले महत्वपुर्ण भुमिका खेलीरहेको बताए ।

महिला जब आर्थिक रुपले समपन्न हुन्छिन तब हिसाँ पनी कम हुदैँ जानेहुँदा महिलाहरु सबल हुन जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछाने, संघिय समाजवादी फोरम नेपालका युवा नेता तबरेज अहमद, आर्थिक पत्रकार संघका अध्यक्ष एवंम् संञ्चारकर्मी रितेश त्रिपाठी, संस्कृतिकी अध्यक्ष एवंम् महिला अधिकार कर्मी शैली चौधरी लगायतकाले प्रशिक्षण दिएका थिए ।

सहयोगी नेपालको आयोजना तथा प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवको संसदीय कोषको सहयोगबाट समपन्न कार्यक्रममा महानगरका ४३ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चारकर्मी विमला गुप्ता, आशु सरार्फ, सन्धया पौडेल, युवा अभियन्ता अजय ठाकुर, आशिष त्रिपाठी, दिपु वर्णवाल लगायतको उपःिथति रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यार्थी नेता पुलकित कुमार पटेलले गरेका थिए ।

error: Content is protected !!