आमा बुवा ट्रस्ट द्वारा असार २३ मा च्यारीटी शो आयोजना गरिने

वीरगंज,असार २२ । आमा बुवा ट्रस्टले यही श्रावण २३ गते शनिवार त्रिशारा लाजिम्पाटमा दिउसो २ बजे देखि साझ ६ बजे सम्म च्यारीटी शो मेलोडी फोर रिमेडि नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।

आमा बुवा ट्रस्टका अध्यक्ष जोया श्रेष्ठले तपाई हरुको सहयोगले आज हामी आफ्नो उदेस्य तिर लम्कदै छौ तपाई हरुको सल्लाह सुझाव र सहयोग सधै यसरी नै आगामी दिन मा पाई रहु तपाई हरुको सहयोग र साथले हामि लाई पनि काम गर्ने उर्जा प्रदान गर्ने बताउनु भयो ।

आमा बुवा नाम सुन्दा पनि आन्नद लाग्ने ,मात्रृत्व झल्किने यही नाम लाइ आमा बुवा ट्रस्ट नाम दिइएको छ । अनाथ बालबालिकाहरुको एउटा अभिभावक बनि शिक्षा दिक्षा र लालन पोषणको जिम्मेवारी लिई त्यस्ता बालबालिकाहरुलाई देशको एउटा असल नागरिक बनाई गर्व ले जीवन यापन मा सहयोग गर्न हेतु यस आमा बुवा ट्रस्टको जन्म भएको हो !

जाहा दुख त्यहा आमा बुवा ट्रस्ट भने झइ आमा बुवा ट्रस्टले हरेक क्षेत्रमा आफ्नो उपस्थिति देखाउदै आइरहेको छ । २०७२ साल को विनासकारी भुकम्प को समयमा रामेछाप को सान्ने गाउमा खाध्यान लता कपडा औषधि पानि लगायतका सामानहरु भुकम्प पिडितहरु लाई दिई सहयोग गरेका थियो ।

सोहि भुकम्प मा परि पूर्ण क्षती ग्रस्त दोलखा जिल्ला को श्री कालिका देबी निम्न माध्यमिक बिधालय लाई पूर्ण निर्माणमा लाग्ने जस्ता पाता वितरण गरि सहयोग पुर्यायका थियो । दुबै मिर्गौला खराब भई अस्पतालमा उपचार गराई रहेकी गायिका जलजला परियार लाई रु ४०,००० हजार आमा बुवा ट्रस्टले औसधि खर्च भनि सहयोग गरेको छ ।

त्यस्तै लामा चौर अपांगता स्वलंबन समाज नेपाल पोखरामा रहेका शारीरिक रुपले असक्त व्यक्ति पनि साक्षर होस् भनि पढ्न का लागि दिवा सेवा केन्द्र खोलि त्यसमा २ जाना शिक्ष्ँक राखी २ जाना शिक्ष्ँकको तलब अहिले सम्म आमा बुवा ट्रस्टले नै दिदै आईरहेको छ ।

error: Content is protected !!