ब्राजिलकाे शानदार जित, २-० ले पराजित हुँदै बाहिरियाे मेक्सिकाे

काठमाडौँ । विश्वकप फुटवलमा उपाधी दाबेदार मानिएको ब्राजिल विजयी भएको छ ।

सोमबार राती भएको नक आउट चरणको खेलमा मेक्सिकोलाई २(० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटर फाइनलमा प्रबेश गरेको छ । ब्राजिलको लागि नेयमारले पहिलो गोल गरे ।

५० औं मिनेटमा नेमारले गोल गर्दै मेक्सिको विरुद्ध सुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफमा बराबरीमा रोकिएको खेलमा विलियनको पासमा नेमारले गोल गरेका हुन ।

रुस विश्वकपमा यो नेमारको दोस्रो गोल हो । यस अघि उनले कोस्टारिका विरुद्ध गोल गरेका थिए । त्यस्तै दोस्रो गोलका लागि पनि नेयमारले महत्वपूर्ण भूमिका खेले खेलको ८८ औँ मिनेटमा नेयमारको पासमा फिरमिनोले गोल गरेका हुन् ।

आजको खेलमा नेयमार म्यान अफ द म्याच घोषित भए ।

यो हारसँगै मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ । साभार जनता समाचार

error: Content is protected !!