प्रनानी त्रिभुवन साहको सक्रियता, भारत तस्करी गर्न लागीएको एक किलो सुन बरामद

वीरगञ्ज,असार १५ ।
इनर्वा प्रहरी चौकी सिमा संगै जोडीएको प्रहरी चौकी हो । देशकै मुख्य भन्सार रहेको वीरगंज भन्सार कार्यालय संगै रहेको प्रहरी चौकी बेला बेला आर्थीक चलखेलका कारण बदनाम हुने गरेको छ ।

तर यस प्रहरी चौकीमा सरुवा भई आएका प्रहरी नायव निरीक्षक त्रिभुवन साहले आएको महिना देखी नै तस्करहरुको लागी टाउको दुखाई बनेका छन ।

हो उनले जिम्मेवारी पुर्वक आफनो डियुटी निर्वाह गर्दा धेरैको टाउको दुखाइ भइरहेको छ अहिले । उनको सक्रियाताले तस्करहरुको निन्द हाराम भएको हो ।

उनले विगतको एक महिनामा विभिन्न ठुला ठुला तस्करीका समानहरु पक्राउ गर्नाले वीरगंजमा चर्चाको विषय बन्न पुगेका छन ।

यस्तो बदनाम हुने ठाउमा राम्रो काम गर्दाले नै होला पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पनि उनको कामको प्रशंसा गरेका छन ।

वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल प्रवेश गर्ने शंक्राचार्य गेटबाट एक किल्लो अवैध सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विषेश सुचनाको आधारमा प्रहरी चौकी इनर्वा बाट त्रिभुवन साहको कमाण्डमा रहेको प्रहरी टोलीले नेपाल बाट भारत तर्फ गई रहेको ना ४८ प ३७७४ नम्बरको रातो पल्सर मोटरसाईकललाई रोकेर चेकजाच गर्दा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई भारत तर्फ जान लागेको १ किल्लो सुन सहित सर्लाही हरिपुर नगरपालिका ९ बस्ने सन्तोष कुमार साह कलवारलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । सुनलाई ४ टुक्रा पाररे सानो सानो डल्लो बनाएर सुनलाई कालो टेपले बेरेर राखीएको अवस्थामा भेटिएको थियो ।

सुन सहित कलवारलाई थप अनुशनधानका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको प्रहरीले जनाएको छ । सुनको बजार मुल्य ४९ लाख पर्ने प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!