वातावरण जोगाउन वृक्षारोपण अपरिहार्य -वक्ताहरु

वीरगञ्ज, १३ असार ।
वातावरण प्रदूषण नियन्त्रण गर्न सबैमा सचेतना जगाउन उदेश्यले वीरगंजमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण विभाग काठमाण्डौं र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा संघकै सभाकक्षमै अन्तर्किया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज मानगरपालीकाका मेयर विजय कुमार सरावगीले वातावरण संरक्षणका लागि औद्योगिक प्रतिष्ठानहरुको खाली जग्गामा अनिवार्य रुख रोप्नुपर्ने र त्यसको लागि महानगरले प्रोत्साहनको व्यवस्था गर्ने बताए ।

जग्गाखाली राख्नेलाई स्थानीय सरकारले दुई सय प्रतिशत सम्म कर लिने व्यवस्था गर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष एवम सांसद ओमप्रकाश शर्माले वातावरण जस्तो महत्वपूर्ण विषयमा सबैजना सचेत हुनुपर्ने बताए ।

वस्ती विकास र पूर्वाधार विकासको नाममा वनजंगलहरु फडानीको क्रम नरोकिएको भन्दै वातावरण प्रदूषण गरेर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम भएको बताए । उनले वातावरण जोगाउनका लागि वृक्षरोपण अपरिहार्य रहेको बताए ।

कार्यक्रममा प्रदूषण नियन्त्रणका कानूनी प्रावधानहरुको बारेमा वातावरण विभागका वातावरण निरीक्षक निर्मल चौधरीले वातावरण संरक्षण ऐन, नियमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रदूषणको स्रोत, असर प्रभाव तथा न्यूनिकरणको विषयमा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका रसायनविद् केशव पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । वातावरण विभागका उपसचिव (प्राविधिक) बुद्धिराज घिमिरेले वातावरण विभागको बारेमा परिचय दिएका थिए ।

सङ्घका मनोज उपाध्यायले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला वन अधिकृत राजेश्वमान श्रेष्ठ, श्रम कार्यालय पर्सा,वीरगन्जका प्रमुख राधेश्याम झा, सङ्घका सचिव माधव राजपाल र मनोज दास, सह–सचिव आशीष लाठ र प्रेमचन्द्र गोयल लगायत पर्सा, बाराका औद्योगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!