मुख्य नाका बाटै मरिच तस्करी काण्ड,भन्सार कर्मचारीलाई उन्मुक्ती,व्यापारी धमाधम पक्राउ गरिदै

गत जेष्ठ २२ गते प्रहरीले बरामद गरेको मरिच सहितको ट्रक ।

वीरगंज,असार १२ । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगंज भन्सार नाका बाटै भएर भारत तस्करी गर्न लाग्दा पक्राउ परेको मरिच तस्करी काण्डमा वीरगंजका व्यापारीहरु पक्राउ पर्ने क्रम जारी रहेको छ ।

मरिच काण्डमै ४ दिन पहिला पक्राउ परेका व्यापारी संजय अग्रवाल पछि राजश्व अनुशनधान कार्यालय पथ्लैयाले अनुशनधान गर्नु पर्ने भनेर मरिच काण्डमै विरगंजका व्यापारी उत्तम अग्रवाल पटवारीलाई पक्राउ गरेको हो ।

छाला निकासी भन्दै भारततर्फ मरीच तस्करी गरी लैजान खोजेपछि विषेश सुचनाको आधारमा इनर्वा प्रहरी चौकीले दशगज्जा बाट गत जेठ २१ गते वीरगञ्जको मूल नाका पार भएर भारततर्फ प्रवेश गर्न लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच नियन्त्रणमा लिएको थियो ।

छाला निकासी गर्ने भन्दै कागजात बनाएर मरीच तस्करी गरेको पोल खुलेपछि यसको असुन्धानमा विभागले गम्भीरताका साथ लागी परेको छ । तर हाल सम्म भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको बुझिएको छैन ।

प्रक्रिया नपुयाइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर रहेको छ ।

वीरगंज उद्योग वाणीज्य संघको गम्भीर ध्यानाकर्षण

यता बिना पक्राउ पुर्जी राजश्व अनुसन्धान क्षेत्रिय कार्यालय पथलैयाले राजस्व अनुसन्धानको सिलसिलामा केहि कुरा बुझनु पर्ने भएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा सम्पर्क राख्ने भन्ने व्यहोराको पत्र साँझको समयमा ७ जनाको टोली आएर स्थानीय व्यवसायी उत्तम अग्रवाल (पटवारी) लाई उपस्थित हुन पत्र थमाए र पक्राउ गरि लगएिको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

error: Content is protected !!