तथ्यहीन समाचार लेखेको विषयमा ७ दिन भित्र जवाफ पेश गर्न जनगुनासो डेली डटकमलाई काउन्सिलको पत्र

वीरगंज। वीरगन्जबाट संचालित जनगुनासो डेली डटकमका सम्पादकलाई ७ दिन भित्र प्रेस काउन्सिलमा समाचारको तथ्य र प्रमाण जुटाउन पत्र आएको छ ।

गत असार ७ गते उमेश दुबेको नाममा बाइलाइन राखेर “टेलिभिजनकर्मी साहले धाक धम्की दिदै यातायातमा दलाली गर्दै आएको खुलासा “भने शिर्षकमा समाचार प्रकाशित गरेपछि प्रेस काउन्सिलमा उजुरी परेको थियो ।

प्रमाण बिना चरीत्र हत्या भएको भन्दै नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एवं प्राइम टिभीका प्रदेश २ प्रमुख जितेन्द्र साहले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेका थिए ।

उक्त उजुरीका आधारमा जनगुनासो डेली डटकमका सम्पादकलाई प्रमाण जुटाउन प्रेस काउंसिल नेपालले पत्राचार गरेको हो ।

समाजिक सञ्जालमा जथाभावी लेखेर बारम्बार विवादित हुदै आएका बाराका पत्रकार उमेश दुवे अहिले फरार छन ।

समाजिक सञ्जालमा पर्साका पत्रकार जितेन्द्र साहलाई गाली-गलौज गरेको कारण दुवेमाथी अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएपछी वीरगंज छोडेर भारत तिर भागेर गएका छन ।

error: Content is protected !!