सशस्त्र प्रहरीद्वारा बाढीजन्य प्रकोपको उद्दार सम्बन्धि तालिमको प्रयोगात्मक अभ्यास बारे प्रदर्शन

वीरगंज। सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले बिपद व्यवस्थापन सम्बन्धि सम्पुर्ण तयारी गरेको छ ।

गण मै आज एक कार्यक्रम बीच सशस्त्र प्रहरीले आफ्नो तयारी बारे जानकारी मुलक प्रदर्शन गरेको थियो ।

हरेक बर्ष उच्च बर्षा हुने र सो अनुसार पर्सामा बाढी , पहिरो कटान र डुबानको प्रकोपको जोखिम उच्च हुने हुदा बाढीजन्य प्रकोपको उद्दार सम्बन्धि तालिमको प्रयोगात्मक अभ्यास बारे प्रदर्शन गरि बिपदमा कसरी मानवीय क्षतीलाई कम गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको थियो ।

डुबानमा परेका व्यक्ति र पहिरोले जनधनको क्षती हुदा बिपदको बेला उद्दारको लागि सशस्त्र प्रहरी सक्षम रहेको बारे सो प्रयोगात्मक अभ्यास गरि जानकारी गराएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल न. १३ गण हे. क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी रहनु भएको थियो ।

त्यसै गरि जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , खगेन्द्र बहादुर मल्ल , नेपाली सेना श्री चन्डी प्रसाद गणका गणपति मदन जंग राणा, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख टीका पोखरेल , धोबिनी गा. पा. का कार्यकारी अधिकृत , सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापा, सशस्त्र प्रहरी निरीक्षक , सिमा सुरक्षा बलका प्रमुख प्रहरी निरीक्षकहरु , सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी निरीक्षक चुनराज थापाले गर्नु भएको थियो ।

error: Content is protected !!