भाग–२ सार्वजनिक पोखरीमा एनजीओकर्मीको कब्जा, जग्गा खिचोला छोडाई घर भत्काउन सर्वोच्चको आदेश

वीरगंज। पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २ गदियानी टोल स्थित सार्वजनिक पोखरी कब्जागरी एउटा पक्की घर ठड्याइएको छ ।

सो घरमा एउटै परिवारका ९ जना (काका, भतिज, दाजु भाई) बाट संचालित ब्रिलिएण्ट युवा कल्बको बोर्ड झुण्डीएको छ ।

हालको कालिकामाई गाउपालिका वडा नम्बर २ साबिक भेडिहारी गाविसको वडा नम्बर ९ गदीयानी टोलको किता नम्बर ११३ को जग्गा १ दशक देखी एनजीओकर्मीहरु कब्जा गरि राखेका छन ।

पोखरीको स्वरुप नै परिवर्तन हुने गरि पक्की घर निर्माण गरि क्यक्तिगत प्रयोजनमा राखिएको उजुरीको अधारमा पूर्नावेदन हुदै सर्वोच्च अदालतले घर भत्काई पोखरीको जग्गा अतिक्रमण मुक्त गराउन आदेश गरेको छ ।

२०७६ साल कार्तिक ५ गते नयायाधिष धनबहादुर कार्कीको इजलासले प्रतिवादीहरु छठु साह तेली ,शिवशंकर साह तेली ,ओमप्रकाश साह तेली, शम्भु साह तेली , खेमराज साह तेली , बीरेन्द्र साह तेली, नगनरायण साह तेली, तथा ब्रिलिएण्ट युवा कल्बको नाममा सार्वजनिक पोखरको जग्गा खिचोला छोडाई घर भत्काई चलन आदेश गरेको हो ।

प्रतिवादी ब्रिलिएण्ट युवा कल्बका पदाधीकारी तथा कर्मचारी हुन र एउटै परिवारका सदस्य पनि हुन ।
सोही आदेश अनुसार कालिकामाई गाउपालिकाले घर भत्काई सार्वजनिक पोखरी कायम गर्न प्रयास गर्दा विपक्षीहरु प्रतिवादमा उत्रिने गरेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताउनु भयो ।

कल्ब समाजिक जागरण र उत्थानकोलागि हुन्छ , तर यहा एउटा परिवारले आफ्नो उत्थानको काम मात्र गरेको चौरसिया बताउछन् । सर्वोच्चको फैसला कार्यन्यवन नगर्नेपनि समाजिक मान्छे हुन्छ त ? उनले प्रशन गरे ।

कल्बको आडमा अतिक्रमित पोखरीको जग्गा खाली गराउन जादा जबर्रजस्तीमा उत्रिनेहरुले त्यसको रिस पोख्दै गाउपालिका विरुद्ध भ्रामक प्रचार गरिरहेको चौरसियाले गुनासो गरे ।

बिलिएण्ट युवा कल्बले जग्गा कब्जामात्रै होईन आयआर्जनको लागि आएको गरिबी निवारण कोषको लाखौ रकम समेत हिनामिना गरेकोले छानबीनका लागि आफुहरुले पहलकदमी गरेको चौरसियाले बताए ।

चौरसियाका अनुसार सबैठवामा चिसयान केन्द्र निर्माण तथा लहावरथकरीमा पावरोटी उद्योग निर्माणकोलागि गरिबी निवारण कोषले पठाएको रकममा व्यापक भ्रष्टाचार भएको छ ।

स्थानियले नियमनकारी निकायले त्यसको छानबीन गर्न मांग समेत गरेका छन । समाजिक संस्थाको नाममा एउटै परिवारको समुहगत भ्रष्टाचार रोक्न स्थानियले गुहार गरिरहेका छन ।

error: Content is protected !!