अवैध रुपमा संचालित मदिरा भट्टी पर्सा प्रहरीद्वारा नष्ट

बीरगंज,२७ जेठ । पर्सा जिल्लाको कालिकामाई गाउपालिका र जिराभवानी गाउँपालिकामा अबैध रुपमा सन्चालनमा रहेको ठूलो परिमाणको अबैध घरेलु मदिरा भट्टीहरु प्रहरीले नस्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी सबैठवा, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी सन्करसरैया बाट संयुक्त रूपमा खटिएको प्रहरी टोलिले कालिकामाई गाउपालिकाको वडा नम्बर २ भेडीहारी र जिराभवानी गाउपालिका वार्ड नम्बर ५ सखुवनिया स्थितबाट घरमा अबैध रुपमा संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी र घरेलु मदिरा बनाउन प्रयोग हुने २९ सय लिटर कचा पदार्थ , १५० लिटर तयारी मदिरा , मदिरा बनाउन मेसिन २ थान , प्लास्टिक ड्रम २२ वटा , ग्यास सिलिण्डर २ थान, सखर मीठा ५ बोरा र फलामको रक्सी बनाउने पाइप १ थान बरामद गरी नष्ट गरेको छ।

कालिकामाई गाउपालिका वडा नम्बर २ भेडिहारी बस्ने शोभम साह कलवार र जयराम साहले संचालन गरेको मदिरा भट्टीबाट कचा पदार्थ ६०० लिटर तयारी मदिरा १०० लिटर नष्ट गरिएको छ।

जीराभवानी गाउपालिका वडा नम्बर ५ बस्ने तुलसी माँझी , दर्सन महतो , लक्षमण मुखिया बिन ,अनरुद महतो, , सुदामा महतो , राम कमकर र रामेश्वर महतोले सन्चालन गरेको अवैध मदिरा भट्टीहरु नष्ट गर्नुको साथै प्रहरीले २३ सय लिटर रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र ५० लिटर तैयारी रक्सी नष्ट गरिएको छ ।

साथै रक्सी बनाउनमा प्रयोग भएको १४ वटा ड्रम समेत बरामद गरिएको छ। बरामद गरिएको रक्सी र कच्चापदार्थ स्थानीय भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

error: Content is protected !!