पर्सा प्रहरीद्वारा ल्यापटप र मोबाइल चोर पक्राउ

वीरगञ्ज, २६ जेठ । पर्सा प्रहरीले मोबाईल र ल्यापटप चोरी गरेका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीय मुन्ना कुमार राम रहेका छन् ।

रामले गत बैशाख ७ गते दिउँसो २ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरेर डेल कम्पनिको ल्यापटप र भिभो कम्पनिको मोबाइल लगायत सामग्री चोरी गरेका थिए ।

चोरी भएको सूचना प्राप्त गरेसँगै प्रहरीले अनुसन्धान गर्दै जाँदा रामले चोरी गरेको सामग्री आफ्नै घमा लुकाएर राखेको सूचना पाएको थियो ।

प्राप्त सूचनाको आधारमा जेठ २४ गते प्रहरीले रामको घरमा छापामारी गरेर उनि सुत्नेमा खानतलासी गर्दा कोठाबाट ल्यापटप र मोबाइल बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

प्रहरीले रामलाई चोरी गरिएको सामग्रीसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर चोरी सम्बन्धि मुद्दा दायर गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।

error: Content is protected !!