वीरगञ्जमा कोभिड १९ विरुद्धको भेरोसेल जेठ २८ र २९ गते लगाइने

वीरगञ्ज, २६ जेठ । वीरगञ्ज महानगरपालिकाभित्र यही जेठ २८ र २९ गते कोभिड १९ विरुद्धको भेरोसेल लगाइने भएको छ ।

६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लक्षित गरी र पहिलो मात्राको खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र पहिलो मात्राको भेरोसेल खोप लगाइसकेकालाई दोस्रो मात्राको खोप लगाउत वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका संयोजक अरुण कुमार महतोद्वारा जारी सूचनामा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १ देखि ३२ सम्मका तोकिएको स्थानमा गएर खोप लगाउत सूचनामा आग्रह गरिएको छ ।

error: Content is protected !!