जसपा प्रदेस २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

वीरगञ्ज २३ जेठ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० प्रदेश नम्बर २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत गद्दी चयन भएका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबारदेखि जनकपुरधाममा जारी बैठकले मुख्यमन्त्री राउतलाई आज ९आइतबार० प्रदेश २ को संसदीय दलको नेतामा चयन गरेको हो । विगत १ वर्षदेखि संसदीय दलको नेता बिहिन रहेको जसपाले अचानक राउतलाई चयन गरेको हो ।

बैठकबाट प्रदेश संसदीय दलको विधान पारित गरेर त्यही विधान अनुसार दलको नेता चयन गरिएको बुझिएको छ ।

राउतलाई संसदीय दलको नेता बनाउने निर्णयमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा० का मन्त्री रामनरेश राय र नवलकिशोर साहलगायत ८ जना प्रदेशसभा सदस्य गरी ३८ जनाले हस्ताक्षर गरेका छन् ।

३८ भन्दा बढी प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा नेतामा राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।

जसपामा देखिएको विवादका कारण पार्टी अध्यक्ष यादवले हत्तारहत्तारमा राउतलाई संसदीय दलको नेता चयन गरेको स्रोतको दावी छ ।

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका १० जना सांसद् प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री बनेपछि जसपा विवाद् उत्कर्षमा पुगेको छ । केन्द्रमा देखिएको विवाद्को प्रदेशमा पनि देख्न थालेको छ ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले विपक्षित गठबन्धन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षको नेकपा एमालेसँग मिलेर प्रदेश २ मा सत्ता परिवर्तन गर्न लागेका छन् ।

अहिले प्रदेश २ मा जसपा बहुतको सरकार छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजप० मिलेर बनेको सरकारबाट यादवले राजपलाई हटाउन खोजिरहेका छन् ।

error: Content is protected !!