ढुंगा, गिट्टी तथा बालुवा निकासीको निर्णय सच्याउन संघ सरकारलाई मुख्यमंत्री गद्दीको आग्रह

वीरगन्ज । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबूराउत गद्दीले सङ्घीय सरकारले भारत सग व्यापार घाटा न्युनिकरणका लागि भन्दै ढुगा, गिट्टी, बालुवा निकासीको व्यवस्था गरेकोमा आपत्ति जनाएका छन् ।

आज विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश २ को सप्तरीदेखि पर्सासम्म पैmलिएको चुरे पहाड प्रदेशको रक्ष्ाँ कवच भएको बताउदै प्रतिवर्ष बाढी, पहिरो, पानीको समस्या र कृषि उपजसमेतको समस्याबाट यहाका जनता प्रताडित हुदै आएको बताएका छन् ।

चुरे क्षेत्रको माटो कमजोर भएको र कमजोर भूबनोटका कारण यहाका ढुगा, गिट्टी निकाल्दा नदीको बहाव तीब्र हुने र बालुवा मधेसमा थुप्रेर जाने निश्चित रहेको बताए ।

चुरे क्षेत्र बालुवा, गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदाको धनी भएको र प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे क्ष्ँोत्रमा रहेको कारण यसको दोहनले सबै प्राकृतिक सम्पदाले आप्mनो बासस्थान गुमाउने भन्दै सरकारले निर्णय सच्याउन आग्रह गरेका छन् ।

सरकारको निर्णय अदूरदर्शी भन्दै मुख्यमन्त्री गद्दीले प्रदेशबाट ढुगा, गिट्टी, बालुवा उत्खनन गर्ने योजनाले देशको अन्नभण्डार प्रदेश २ को खेतीयोग्य जमीन मरुभूमिकरण हुने निश्चित भएको बताउदै सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

उनले आग्रह अस्वीकार गरिए प्रदेश सरकारले आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

error: Content is protected !!