पोखरिया अस्पतालमा अल्ट्रासाउण्ड र एक्सरे सेवा ठप्प, अबैधरुपमा संचालित निजी क्लिनिकले लुट्दै

वीरगंज,२१ जेठ । पोखरिया अस्पतालमा विरामीका लागि अल्ट्रासाउण्ड र एक्सरे सेवा ठप्प भएको छ ।

सरकारी अस्पतालको अल्ट्रासाण्ड र एक्सरे सेवा ठप्प भएपछि निजी क्लिनिकहरुमा विरामीलाई चर्को र मनोमानी शुल्क लिएर लुट्ने कार्य भइरहेको छ ।

कोरोनाको दोश्रो चरण सुरु हुनु भन्दा अगाडी देखी अस्पतालको अल्ट्रासाण्ड र एक्सरे विग्रेको भन्दै अस्पताल कै चिकित्सकहरुको सिफारिसमा बाहिरका निजी पोलि क्लिनिकमा दैनिक सय भन्दा बढी विरामी लुटिदै छन ।

पोखरिया अस्पतालमा ५ सयमा हुने अल्ट्रासाउण्ड अबैधरुपमा संचालित दुई निजी क्लिनिकले अल्ट्रासाउण्डको १ हजार र एक्सरेको ४ सय असुल गरिरहेका छन ।

पोखरियामा विना दर्ता अबैधरुपमा दुई वटा अल्ट्रासाउण्ड र दुई वटा एक्सरे क्लिनिक संचालित छन ।

अल्ट्रासाण्ड रिपोर्टकालागि रेडियोलोजीष्ट गरको चिकित्सक हुन अनिवार्य भएपनि पोखरियामा भने सरकारी अस्पतालका एम.बी.बी.एस चिकित्सकले अल्ट्रासाण्डको रिपोर्ट दिने गरेका छन ।

यसैगरि समान्य लेखपठ गरेको व्यक्तिले हेर्दा हेर्दै गरेको अभ्यासको अधारमा एक्सरे क्लिनिक संचालनगरि विरामीलाई लुटी रहेका छन ।

पोखरियामा पर्सा मेडिकेयर क्लिनिकमा पोखरिया अस्पतालका एमबीबीएस डा. बीनय यादव अल्ट्रासाउण्ड गर्ने गरेका छन ।

त्यसैगरि पोखरिया पोली क्लिनिकमा डा. जफर आलम आलमले अल्ट्रासाउण्ड गर्छन । दुबै क्लिनिकमा अल्ट्रासाउड गर्ने सम्बन्धित निकायको इजाजत छैन । तर यिनीहरु प्रत्येक विरामीबाट १ हजार वसुल गरिरहेका छन ।

त्यस्तै चौरसिया एक्सरे, अल्सिफा एक्सरेले विरामीबाट एउटा एक्सरेको ४ सय शुल्क असुल गर्दै छन ।

पोखरिया अस्पतालमा दैनिक सयौकोे संख्यामा सुत्केरी महिला तथा अन्य विरामीहरु लाई अल्ट्रासाउण्ड सेवा आवश्यक पर्छ ,तर अस्पतालको सेवालाई विभिन्न बहानामा प्रभावित गरि त्यहीका चिकित्सकले कमिशनको आधारमा बाहिर लगि बढी रकम लिने गरेका छन ।

अल्ट्रासाउण्ड मेशिनमा लागने एलेक्ट्रोनिक जेक विग्रेको कारण सेवा प्रभाविक भएको अस्पताल प्रसाशनले जनाएको छ । एक महिना देखी जेक विग्रेको भएपनि मर्मत नहुनुमा अस्पतालकै चिकित्सकहरुको चलखेल रहेको छ ।

जिल्लाको दोश्रो सदरमुकामको रुपमा स्थापित पोखरिया अस्पतालमा ग्रामिण भेगको कम आयश्रोत भएका परिवार र नागरिक सहज ,सुपथ सेवाकोे लागि पुग्ने गर्छन तर अस्पताल व्यवस्थापन समिती त्याहाका जनप्रतिनिधी र स्थानिय नागरिकको खबरदारीको अभावमा गांउ देहातका आम निमुखा, असहाय विरामीलाई नितिगतरुपमा ठगिने कार्य भइरहेको छ ।

पोखरिया अस्पतालको अल्ट्रासाउण्ड र एक्सरे सेवा सुचारु हुदा बाहिर रहेका पोली क्लिनिकले पनि अस्पताल कै दर ५ सयमा अल्ट्रासाउण्ड र २ सयमा एक्सरे गर्र्छन ,तर अस्पतालको सेवा ठप्प भएपछि उनीहरुले दोबर १ हजारमा अल्ट्रासाउण्ड र ४ सयमा एक्सरे सेवा दिने गरेको पोखरिया अस्पतालको प्रशासन शाखाका नथुनी चौहानले बताउनु भयो ।

पोखरिया अस्पतालका सेवा सुचारु हुन साथ निजी क्लिनिकले शुल्क घटाएर सेवा दिने गरेको चौहानले बताए ।

error: Content is protected !!