नेपाल आमा संस्थाको उदाहरणिय कार्य, फुडबैंक स्थापनागरि ७ सय जनालाई खाद्यान्य सहयोग

वीरगंज। बीरगन्जको माईस्थान चौकमा एक साता अगाडी देखि एउटा टेण्ट राखि फुड बैंक संचालन गरिएको छ ।

कक्षा १२ मा आबद्ध विधार्थीहरुको समुहले फुड बैंक स्थापनागरि निषेधाज्ञामा समस्यामा परेको व्यक्ति , परिवारलाई खाधान्य वितरण गरिरहेका छन ।

र् हुनेले दिएर जाऔ , नहुने लिएर जाऔ’ नारा अन्कीत बैनर मुनी नेपाल आमा नामक संस्थाका युवाहरु असहाय विपन्न र आवश्यकता भएकालाई खाद्यान्य सहयोग गरिरहेका छन ।

विगत एक महिना देखी जारी निषेधाज्ञाका कारण गरिबी रेखा मुनीका परिवार तथा दैनिक ज्यालाको भरमा हातमुख जोर्नेलाई नेपाल आमा संस्थामा आबद्ध युवाहरुले खाद्यान्य वितरण गरिरहेका छन ।

नेपाल आमा संस्थामा रहेका करिब एक दर्जन युवाहरुले आपसी सहयोग संकलन गरि आवश्यक्ता भएका व्यक्तिलाई खाद्यान्य वितरण गर्दै आएको संस्थाका अध्यक्ष अनुराग तिवारीले बताए ।

विगत एकसाता देखि माईस्थान मन्दीर नजिकै राखिएको कैम्पबाट अहिले सम्म ७ सय भन्दा बढीलाई चामल, दाल, नुन, प्याज, आलु लगायतको सामग्री वितरण भएको छ ।

कसैलाई समान दिदा उसको अनुहार देखिने तथा परिचय खुल्ने तस्वीर नखिचिएको अध्यक्ष तिवारीले बताए ।

संस्थामा आबद्ध युवाहरु आदित्य ठाकुर , बिशाल तिवारी ,शुभम मित्ल , प्रफुल मिश्रा, आदित्य सर्राफ, रोहित यादव, प्रयांसु पाण्डे , प्रतिक अग्रवाल, सुमित दास , विवेक कलवार लगायतका युवाहरु संगठित भएर निषेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई सहयोग गरिरहेका छन ।

उमेर कम भएपनि नेपाल आमा संस्थाका युवा विधार्थीहरुले समाजिक उत्तरदायित्व निर्वाहमा उदाहरण प्रस्तुत गरेका छन ।

error: Content is protected !!