वीरगन्ज साइकलिङ क्लबद्वारा अक्सिजन कन्सनट्रेटर सहयोग

वीरगन्ज– वीरगन्जको राणीसती मन्दिर अगाडि निषेधाज्ञा अवधिभरका लागि स्थापना गरिएको सहायता कक्ष्ँ (हेल्प डेस्क) लाई वीरगन्ज साइकलिङ क्लबले दुई थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

क्लबका अध्यक्ष सन्जय अग्रवालले बुधवार सहायता कक्ष्ँका किशन सर्राफलाई कन्सनट्रेटर हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा क्लबका कोषाध्यक्ष नूतन सरावगी, अनुप सरावगी, सुमन बेनर्जी, नेहा अग्रवाल, स्वेता मस्करा, ओम मित्तल र डा.अन्नु पटावरीको उपस्थिती रहेको थियो ।

सिकिस्त कोरोना संक्रमितले निशुल्क रुपमा उक्त कन्सनटे«टर प्रयोग गर्न सक्ने छन् ।

महामारी नियन्त्रणमा आएपछि कन्सनट्रेटर क्लबले फिर्ता लिने अध्यक्ष अग्रवालले जनाए ।

कोरोना महामारीको समयमा क्लबले समाजका विभिन्न तहलाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

error: Content is protected !!