पर्सामा जारी निषेधाज्ञा जेठ ३० गते सम्म लम्ब्याउने निर्णय

वीरगञ्ज, १९ जेठ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा जारी निषेधाज्ञा पुनः लम्ब्याएको छ ।

बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई छैठो पटक लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवार बसेको बैठकले जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको हो ।

जिल्ला प्रशासन कायालयमा सरोकारवालाको उपस्थितीमा बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञाको अवधि बढाउनका साथैको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि शव व्यवस्थापनमा ३ लाख ७१ हजार ६ सय १५, क्वारेन्टिन होल्डिंग सेन्टर व्यवस्थापनमा ७६ हजार १ सय र अनुगमन तथा कन्ट्रयाक्ट ट्रेसिंग र सवारी साधन इन्धनमा २ लाख ८ हजार ८ सय ६० गरी जेठ १९ गतेसम्मको अवधिमा ६ लाख ५६ हजार ५ सय ७५ रुपैँया खर्च समर्थन गर्ने निर्णय गरेको छ ।

error: Content is protected !!