पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने

वीरगञ्ज,१९ जेठ । पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।

धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

१० करोडको लागतमा निर्माण सम्पन्न हुने अस्पतालको लागि ठेक्का साकार समेत भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिए ।

ठेक्का साकार भई समबन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि कार्य आदेश समेत दिई सकिएको रौनियारले बताए ।

१५ बेडको अस्पताल १८ महिनाको अवधिमा निर्माण सम्पन्न हुने छ । सरकारले यसअघि नै हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य लिए अनुसार धोबिनी गाउँपालिकामा पनि अस्पताल निर्माण हुने प्रक्रिया अघि बढेको छ।

अस्पताल निर्माण भएपछि गाउँपालिकाका जनताहरुलाई स्वास्थय उपचारको लागि सदरमुकाम वीरगञ्ज नै आउनु पर्ने बाध्यता हटने गाउँपालिकाले बिश्वास लिएको छ ।

error: Content is protected !!