दिब्य युवा क्लबद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

वीरगञ्ज । दिब्य युवा क्लबले प्रहरी चौकी इनर्वालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

एक्सन एड नेपाल र दिब्य युवा क्लबको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्र्तत कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सामाग्रीसँगै पिउने पानी समेत वितरण गरेको छ ।

क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरिक्षक पूर्णप्रसाद दाहाललाई सर्जिकल मास्क २५ सय पिस, सेनेटाइजर २५ लिटर र सुरक्षाकर्मी र भारतबाट आउने यात्रुहरुका लागि २ हजार ४० पिस खानेपानी (मिनरल वाटर) हस्तान्तरण गरेका हुन् ।

error: Content is protected !!