वीउवासङ्घद्वारा पत्रकार महासंघ पर्सालाई स्वास्थ्य समाग्री तथा नगद सहयोग

वीरगञ्ज १३, जेष्ठ । नेपालको प्रमुख प्रवेश द्वार तथा औद्योगिक व्यापारिक नगर वीरगञ्ज समेत कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

कोरोना महामारीको यस विकराल अवस्थामा पनि स्थानीय सञ्चारकर्मीहरु उच्च जोखिम मोलेर समेत अग्रपंक्तीमा रही सर्वसाधारण जनतालाई सक्रियता पूर्वक सु–सुचित गर्ने क्रममा श्रमजिवी पत्रकारहरुको पेशागत अवस्था दिन प्रतिदिन नराम्रो संग प्रभावित हुँदै गएको अवस्थामा राहत प्रदान गर्न नेपाल पत्रकार महासङ्घ पर्सा शाखा, वीरगञ्जले स्थापना गरेको “पत्रकार राहत विपत कोष”मा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नगद तथा कोरोना नियंत्रण सम्बन्धि स्वास्थ्य समाग्री सहयोग गरेको हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज आफ्नै सचिवालयमा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले एक कार्यक्रम आयोजना गरी चेक तथा सेनेटाईजर, फेससिल्ड, मास्क आदि समाग्री नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई हस्तान्त्रण गर्नु भएको थियो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल तथा नेपाल पत्रकारका महासङ्घ, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, पर्साका प्रदेश प्रादेशिक सदस्य प्रणय कुमार, महासङ्घ, पर्साका महिला उपाध्यक्ष सुष्मा शर्मा, कोषाध्यक्ष संजीव मिश्र लगाएतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!