पर्सामा पाचौं पटक थपियो निषेधाज्ञा, जेठ २० गते सम्म लम्ब्याउने निर्णय

वीरगञ्ज, १२ जेठ । पर्सा जिल्लामा जारी निषेधाज्ञा पाँचौं पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।

बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय गरेको छ ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

error: Content is protected !!