काङ्ग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति विजय सर्राफद्वारा निःशूल्क भोजन वितरणलाई निरन्तरता

वीरगञ्ज, ११ जेठ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति विजय सर्राफले निःशूल्क भोजन वितरणलाई निरन्तरता दिएका छन् ।

पर्सा जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि  जारी गरेको निषेधाज्ञाका कारण प्रभावित भएकाहरुलाई निःशूलक प्रोटिनयुक्त खाना वितरण गर्ने अभियानको मंगलवार तेस्रो दिन भएको छ ।

निषेधाज्ञाबाट प्रभावित दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्ने गरिब तथा अतिविपन्न वर्गलाई मध्यनजर गर्दै क्षेत्रिय सभापति सर्राफले भोजन वितरण थालनी गरेका हुन् । नियमित ५० देखि ६०  जनाको भोक मेटाईरहेका सर्राफले अन्य ठाउँमा पनि प्रभावित भएकाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

error: Content is protected !!