राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा गरिब असहाय परिवारलाई राहत वितरण

वीरगन्ज । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज देखि राहत समाग्री बितरण सुरु गरेको छ ।

लकडाउन पिडित परिवारलाई थोरै भएपनि राहत पुर्याउने उदेश्यले राहत समाग्री बितरण सुरु गरेको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो ।

उहाले निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले रातह बितरण कार्यक्रम शुरु गरिएको बताउनु भयो ।

हेल्प डेस्कबाट १ सय ४० जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो ।

गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्याकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो ।

राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ , अखलेश साह प्रकाश रौनियार ,कुनाल पटेल,साहिद अंसारी, बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल पर्साको हेल्प डेस्क नम्बर
महम्मद निजाम ः – ९८५५०२१८३३
रबि गुप्ता ः – ९८०२०३६०००
राकेश शाहः – ९८४५३१७८८३
चन्दन गुप्ताः – ९८०१३५३६६०
गोकोली रेग्मी ः – ९८१९२५७०८३
बाबुराम खनाल ः – ९८४५५५८९९२

error: Content is protected !!