अब नेपालमै उत्पादन हुन्छ ‘रेमडेसिभिर’

वीरगञ्ज। कोरोना संक्रमितका लागि प्रयोग हुँदै आइरहेको ‘रेमडेसिभिर’ औषधि अब नेपालमै उत्पादन हुने भएको छ।

नेशनल हेल्थ केयर प्रालिले उत्पादनको अनुमति पाएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज मात्रै औषधि व्यवस्था विभागले उत्पादनका लागि अनुमति दिएको हो। यसअघि नै नेपालमा नै रेमडेसिभिरको परीक्षण पास भइसकेकाले अबको एक महिनाभित्रमा उत्पादन सुरु गर्ने उनले बताए।

अधिकारीले भने, ‘रेमडेसिभिरको परीक्षण सफल भइसकेको छ, अब एक महिनाभित्र उत्पादन सुरु गर्नेछौँ, उत्पादनका लागि कच्चा पदार्थ भने चीनबाट ल्याइनेछ।’ उत्पादनको लागि अनुमति पाए पनि बिक्रिको लागि अनुमति लिनुपर्ने उनले बताए।

error: Content is protected !!