भन्सार छलीको १ लाखको कपडा अटोरिक्सासहित एकजना पक्राउ

वीरगञ्ज। भारतबाट अवैध तरिकाले भन्सार छली गरेर नेपाल भित्र्याइएको कपडासहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३५ वर्राषीयजकुमार प्रसाद रहेका छन् ।

राजकुमारले आफै चलाईरहेको अटो रिक्सामा १ लाख २ सय २० रुपैयाँ बराबरको लताकपडा लुकाएर भारतबाट भन्सार छली गरेर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सूचना परिचाना तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेलवे रोड स्थित सडकमा साँझ ८ बजेको करिवमा अटोरिक्सासहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक खनालले राजकुमारको रिक्साबाट पाइन्टको थान कपडा, लहंगा, साडी, मार्किङ थान कपडा तथा कुर्ता बनाउने थान कपडा बरामद गरीएको बताए ।

पक्राउ परेका राजकुमार र जफत गरिएको सामग्रीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जनाए ।

error: Content is protected !!