नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना सङ्क्रमितको नि:शुल्क उपचार हुने

वीरगञ्ज । प्रदेश नम्बर २ को वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा एण्ड टिचिङ्ग अस्पतालमा कोरोना सङ्क्रमितहरुको नि:शुल्क उपचार हुने भएको छ ।

सरकारले देशभरका ३० वटा निजि अस्पताल तथा मेडिकल कलेजहरुमा कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एउटा सूचना जारी गर्दै ७ वटै प्रदेशका ३० वटा निजि अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना सङ्क्रमितहरुको नि:शुल्क उपचारका लागि सम्झौता भएको मन्त्रलायका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयले आइसोलेशन प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिने जनाएको छ ।

error: Content is protected !!