एनएमएसआरए वीरगञ्ज शाखाद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

वीरगञ्ज, २ जेठ । नेपाल औषधी तथा बिक्रि प्रतिनिधि सङ्घ अर्थात नेपाल मेडिकल एण्ड सेल्स रेपरजेन्टेटिभ एसोसिएसन ९एनएमएसआरए० वीरगञ्ज शाखाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

एनएमएसआरए वीरगञ्ज शाखाले अग्रपंतिमा रहेर कोरोनाभाइरस विरुद्धको लडाईमा खटिरहेका सुरक्षाकर्मीलाई मास्क, सेनीटाईजर, पञ्जा, हेड क्याप लगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

एनएमएसआरए वीरगञ्ज शाखाका अध्यक्ष मनोज साहको नेतृत्वमा गएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीलाई ६ सय थान मास्क, ५० थान केएन९५ मास्क, १ सय थान हेड क्याप, २० थान स्प्रे सेनीटाईजर, ३ थान पल्स अस्सोमिटर, ५ लिटर सेनीटाईजर् र १ बक्सा पञ्जा हस्तान्तरण गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनएमएसआरए वीरगञ्जका वरिष्ठ उपाध्यक्ष कृष्ण महतो, सचिव राम गोसाई, कोषाध्यक्ष सुदीप चौरसिया, सहसचिव मौसम राज भट्टराई, सदस्य रभी साह र अभिशेष ठाकुरको सहभागिता रहेको थियो ।

error: Content is protected !!