निषेधाज्ञा उल्लंघन र प्रहरीसंग दुर्व्यवहार गरेको आरोपमा पाँचजना पक्राउ

बीरगंज, ३१ वैशाख । निषेधाज्ञा उल्लंघन गरी प्रहरीलाई समेत अभद्र व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागी जिल्ला प्रशासन कार्यालय पर्साले जारि गरेको निषेधाज्ञाको पालना गराउन परिचालित प्रहरीलाई दुर्व्यवहार गर्दै निषेधाज्ञाको बेवास्ता गर्ने पाँचजनालाई जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए

प्रवक्ता खनालका अनुसार गस्तीमा खटेका प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरीको कामकारवाहीमा अवरोध पुर्याई सार्वजनिक हित ,स्वास्थ्य सुरक्षा , सुबिधा र नैतिकता विरुद्धको कसुर गरेकोले सङ्क्रामक रोग एन २०२० बमोजिम ५ जनालाई पक्राउ गरिएको हो

पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १० र १३ बस्ने वर्ष २६ का साहेव सेख , ३० बर्षीय मोहम्द राईन , बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ बस्ने भोला प्रसाद साह , पोखरिया नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ का हनिफ हुसेन र एकजना भारत बिहार जिल्ला वेतिया बरैनिया वडा नम्बर ३ बस्ने मुना साह रहेका छन

पक्राउ परेका पाँचै जनामाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा , सुबिधा र नैतिकता बिरुद्धको कसुरमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही प्रक्रिया थालिएको प्रवक्ता खनालले जानकारी दिए।

error: Content is protected !!