वीरगञ्जका बैंकले आइतबारदेखि क्यास कारोबार नगर्ने

वीरगञ्ज, ३० बैशाख । बढ्दो कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् ।

वीरगञ्ज बैंकर्स ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो ।

आउने आइतबारदेखि शुक्रबारसम्म वीरगञ्जको कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंकका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए ।

ग्रुपले सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

error: Content is protected !!